पौडी खेल्ने क्रममा फेवातालमा बेपत्ता भएका युवाको शव भेटियो

काठमाडौं, २७ असोज । कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवाको शव भेटिएको छ।

सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङका २२ वर्षीय युवाको शव मंगलबार सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो।

युवक डुबेर बेपत्ता भएको घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव सो तालबाट बाहिर निकालेको हो।

Loading...