लम्बियाका पूर्व राष्ट्रपति उरिबे नजरबन्द मुक्त

बोगोटा- कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ। उनलाई दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो ।

यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएको छ ।

प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध-सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उनको भाइकोविरूद्ध लगाउको थियो।

उरिबेले उल्लेखित घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको बताउँदै गरेको गुनासोमाथि सुनुवाई गर्दै अदालतले उनलाई सफाइ दिएको हो ।

उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित बनेको थियो ।

न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर यस मुद्दामा आफ्नो अधिकारको प्रयोग गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताए।

अगस्टमा राष्ट्रपति इभान डुकले सर्वोच्च अदालतले उरीबेलाई नजरबन्दमा राख्ने निर्णय गरेकोमा दुःख व्यक्त गरेको थियो। उनले अदालतबाट न्याय पाउनेमा विश्वास व्यक्त गरेको थियो।

Loading...