जोकोविचले प्रहार गरेको बलले फेरि लाग्यो लाइन जजलाई

नोभाक जोकोविचले फेरि बलले लाइन जजको अनुहारमा ‘हिर्काएका’ छन्। फ्रेन्च ओपन टेनिस अन्तर्गत चौथो चरणको खेलमा उनको र्‍याकेटबाट गएको बल लाइन जजको अनुहारमा लागेको हो।

३३ वर्षका सर्बियाली खेलाडी जोकोविच गएको महिना युएस ओपन टेनिसमा लाइन जजको अनुहारमा बलले लागेका कारण अयोग्य घोषित भएका थिए ।

तर यसपटक भने उनी अयोग्य घोषित भएका छैनन् र सो अवस्था पनि छैन । त्यसबेला उनले कुण्ठा व्यक्त गर्न हिर्काएको बलले जजलाई लागेको थियो ।

यो पटक भने खेलकै क्रममा रहेको बलले लाइन जजलाई लागेको हो । जोकोविदले बलले लागेका लाइन जजको अवस्था राम्रो होला भन्ने आश गरेको बताएका छन् ।

Loading...