असोज १८ ,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सर्वसाधरण लाइ दशैं मनाउनका लागि यात्रा नगर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिन प्रतिदिन बढिरहेका कारण मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन समेत आग्रह गरेको छ ।
संक्रमण नियेंत्रण गर्न जनस्वास्थ्यको मापदण्डमा कडाई गरि जरिवाना समेतको ब्यबस्था गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।