असोज १८ ,काठमाडौँ। विदेश पठाई दिन्छु भनि ठगी गर्ने एक बक्तिलाइ महानगरीय अपराध अनुसंधान महाशाखाले पक्राउ गरेको छ। सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं.०७ हाल बलेफी गा.पा स्थाई ठेगाना भइ हाल जिल्ला भक्तपुर च्यामासिंह बस्दै आएका तुल बहादुर तामङलाइ महाशाखाले शुक्रबार काठमाडौँ बात पक्राउ गरेको हो। सृजना डोङ संग निज तामङले बिदेश पठाई दिन्छु भनि ४६ लाख ५० हजार लिएका थिए। ठगी गरेको आरोपमा बादी श्रीजना डोङले दिएको निवेदनको आधारमा वैदेशिक रोजगार कसूर मुद्दामा निज तुल बहादुर तामङलाई वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४।०५।११ को फैसला आदेशले १ वर्ष ६ महिना कैद र रु.१,५०,०००।– जरिवाना ठहर भएकोमा निज तामङ फरार रहेका थिए। महाशाखाले आइतबार नै नीज तामङलाई काठमाडौँ जिल्ला अदालत पठाएको छ।