असोज १८ ,काठमाडौँ। महानगरीय अपराध महाशाखाले पाटे बाघको छाला साठी लाखमा बेच्न हिडेका ४ जना व्यक्तिहरु पक्राउ गरेको छ। स्वयम्भू एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित पाटे बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको अधारमा महाशाखा बात खटेका प्रहरी टोलीले आइतबार होटल प्लाजाको कोठा नं. २०८ मा अं. ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित पाटे बाघको छाला नगद रु.६,०००,०००।–(साठी लाख मात्र) मा बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका टेक बहादुर तामाङ ,सुजन थिङ, आशिष तामाङ र सानुकान्छा थिङलाइ पाटे बाघको छाला थान १ सहित पक्राउ परेका हुन्।
धादिङको स्थानिय व्यक्तिबाट टेकबहादुर तामाङले नगद रु. ३५,००,०००।–(रुपैंया पैंतिस लाख) मा खरिद गरी ल्याएको र उक्त पैसा स्थानिय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाले जनाएको छ।