डेरावाला लाइ पिसिआर परिक्षण गर्न बाध्य पारे कानुन अनुसार कारवाही गरिने

असोज १६ ,काठमाडौँ। उपत्यकामा डेरावाला लाइ पिसिआर परिक्षण गर्न बाध्य परे घरधनीलाई कानुन अनुसार कारवाही गरिने भएको छ। मानिसको व्यक्तिगत स्वतन्त्रता हनन् हुने गरी यस्ता अमानवीय क्रियाकलापहरू प्रचलित कानूनअनुसार दण्डनीय हुने पनि महानगरले बताएको छ।

महानगरपालिकाले घरधनीहरूलाई डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन आग्रह गरेको छ।

महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनीले अनिवार्य पिसिआर परीक्षण गर्न र रिपोर्ट देखाउन आग्रह गरेको गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न भनेको हो।

महानगरको जनस्वास्थ्य महाशाखाले सूचना निकालेर भनेको छ, ‘केही दिन यता काठमाडौं महानगर क्षेत्रभित्र डेरा गरी बसोबास गर्नेलाई घर धनीले अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने भन्ने गुनासो आएकाले जवर्जस्ती परीक्षणका लागि बाध्य नपार्न अनुरोध गरिएको छ।’

औद्योगित प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीलाई समेत काम गर्न आउँदा अनिवार्य परीक्षण गर्न लगाउने भन्ने गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न अनुरोध गरिसकेको उल्लेख गरेको छ।
काठमाडौं उपत्यकाभित्रका घरधनीले डेरामा बसोबास गर्नेलाई अनिवार्य पिसिआर रिपोर्ट देखाउन भनेपछि मानिसहरू टेकुलगायत अस्पतालमा रातिदेखि नै लाइनमा उभिएर कोरोना परीक्षण गराउँदा भिड बढेको छ।

कोरोना भाइरसको प्रभाव देखिन ५ दिन लाग्ने र संक्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न निजी वा स्वास्थ्य क्लिनिकबाट पिसिआर परीक्षण हुने व्यवस्थासमेत मिलाइएको महानगरको भनाइ छ।

Loading...