अत्यधिक बल प्रयोग घटनाको छानबिन र संलग्न प्रहरी कर्मचारीहरु उपर कसुर अनुसार आवश्यक कारबाही गरिने।

काठमाडौँ। विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति निकालेको छ ।
केहिदिन यता विभिन्न प्रदशनमा प्रहरी बात अत्यधिक बल प्रयोग भएको बारे आम सर्वसाधारणले व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको जनाएको छ।
कार्यालयले घटनाको छानबिन र संलग्न प्रहरी कर्मचारीहरु उपर कसुर अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई निर्देशन दिइएको व्यहोरा समेत जानकारी गराएको छ ।

Loading...