दिपाश्रीलाइ विवादमा ल्याउने सञ्चारकर्मी सुवेदी विरुद्ध नायिका पुजाले दिइन उजुरी

काठमाडौं । नायिका दिपाश्री निराैलालाइ विवादमा ल्याउने सञ्चारकर्मी प्रकाश सुवेदी विरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् ।

सुवेदीले आफूविरुद्ध हाेच्याएर मिडियामा बाेलेकाे भन्दै नायिका पुजालले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका छ ।

नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि टिप्पणी गर्दै पत्रकार प्रकाशले भनेका थिए, ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’

Loading...