मेलम्ची पहिरो अपडेट: सुतेकै ठाउँमा खसेको पहिरोमा पुरिएका मध्ये ४ को शव फेला पर्यो

काठमाडाैं । साेमवार बिहानै मेलम्चीमा पहिराे खस्दा पुरिएका मध्ये ४ मजदुरकाे शव फेला परेकाे छ । अन्य चार जना अझै बेपत्ता रहेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ साेमवार गएराति २ बजेतिर पहिराे गएकाे थियाे । पहिरोमा परेका मध्ये १ जनाकाे जिवितै उद्धार गरिएकाे थियाे । उद्धार गरिएका भारतीय नागरिकलाइ उपचारका लागि अस्पताल लगिएकाे छ । तीन घण्टाको प्रयासपछि उनलाइ उद्धार गरिएको थियो।

मेलम्चि ११ मा कभर्डहल निर्माणमा खटिएका नौ मजदुर राति सुतेकै स्थानमा पुरिएका हुन । घटनास्थल बजार क्षेत्रमै पर्ने र पहिरो जाने जस्तो भौगोलिक बनावट पनि नरहेकाे देखिन्छ । तर, त्यस्तै ठाउँमा गएकाे पहिरोले ठूलो मानवीय क्षति गरेकाे मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीय बिहान तीन बजेदेखि नै उद्धार कार्यमा लागिरहेकाे बताए ।

पहिरोमा पर्नेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी रहेकाे बताइएकाे छ ।

याे पनि: एकाबिहानै पहिरो खस्दा मेलम्चीमा सुतिरहेका ९ मजदुर पुरिए, १ को जीवितै उद्धार

 
Loading...