कोरोना संक्रमण फैलिएपछि ट्राफिक मुख्यालय पूरै शिल, एसएसपीसहित ३७५ प्रहरी भित्रै आइसोलेसनमा

काठमाडौं, १८ साउन । काेराेना संक्रमण बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएकाे छ । सिल गरिएकाे बग्गिखानाभित्र एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

बग्गिखानामा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक मुख्यालय पूरै सिल गरिएकाे हाे । शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा पठाइएको छ । महाशाखामा पूर्ण रुपमा लकडाउन गरिएको छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । ट्राफिक प्रहरी महाशाखामै धेरै ठूलाे संख्यामा प्रहरीहरुलाइ भित्रैकाे ब्यारेकमा क्वारेन्टिनमा राखिएपछि ट्राफिक व्यवस्थापनामा समस्या अाएकाे बताइएकाे छ । महाशाखा प्रमुख एसएसपी ढकालले कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएकाे जानकारी दिएका छन् ।

Loading...