अमेरिकाका दुई यात्री अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किँदै

एजेन्सी । अन्तरिक्ष स्टेशनबाट अमेरिकाका दुइ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किँन लागेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकाका अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरिसकेकाे बताइएकाे छ । उनीहरु ड्रयागन एनडेभर क्याप्सूल यान अन्तरिक्ष स्टेशनबाट अनडक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

उनीहरु स्थानीय समय अनुसार आइतबार दिउँसो दुई बजेर ४० मिनेट जाँदा फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण गर्ने अपेक्षा छ । उनीहरुको सफल अवतरणपछि अमेरिका अमेरिका पुनः पूर्णरुपमा अन्तरिक्षण सेवामा निपूर्ण रहेको प्रमाणित हुनेछ ।

अमेरिकाकाे अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा सो यान अन्तरिक्षमा पठाएको थियाे । हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको बताइएकाे छ । ड्रयागन क्याप्सुल स्पेसएक्सले उपलब्ध गराइ उसैले सञ्चानल गरिरहेको छ । सो यान चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो ।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ९ वर्ष पहिले शटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द गरेको थियो । त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो ।

यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युगको थालनी गरेको हो ।

Loading...