पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रोकायाको निधन

सिमकोट । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य जयबहादुर रोकायाको निधन भएको छ । लामाे समयदेखि कान्तिपुर दैनिकमा काम गरिररहेका पत्रकार राेकायाकाे पक्षघातका कारण मृत्यु भएकाे हाे ।

नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष समेत रहेका रोकायाकाे हुम्लाकाे सदरमुकामस्थित घरमै निधन भएकाे हाे । ६ दिनअघि पक्षघात भएर सिक्सित विरामी भएका राेकाया सिमकाेटस्थित आफ्नै घरमा उपचाररत थिए ।

नेपाल पत्रकार महासंघको दुई पटक हुम्ला जिल्ला शाखा अध्यक्ष रहेका राेकायाका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

Loading...