चेपाङ बस्तीमा प्रशासनले नै लगाइदियाे आगो

चितवनमा अल्पसंख्यक चेपाङ बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाइदिएको छ । चितवन राष्ट्रिय निकुञ्जको जग्गामा घर बनाएको आरोपमा सरकारी निकायले नै आगो लगाइदिएको हो ।

चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित २ घरमा आगो लगाइदिएको र ८ घर हाती प्रयोग गरी निकुञ्ज प्रशासनले भत्काईदिएको स्थानीयले बताए । माडी नगरपालिकाले यसलाई अमानवीय कार्य भन्दै भत्सर्ना गरेको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालले बिज्ञप्ती मार्फत सुकुम्बासी चेपाङ्ग समुदायका घरहरु भत्काउनु अमानवीय भएको भन्दै भत्सर्ना गरेका छन् ।

नगरपालिका र जनप्रतिनिधिलाई समेत थाहा नदिई गरिब परिवारको सर्वस्व हरण हुनेगरी गरिएको बिना बिकल्प गरिएको यो कार्य नॆन्दनॆय भएको भन्दै स्थानीय सरकारको तर्फबाट नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराइको छ ।

गरीबको वकालत गर्ने कम्युनिष्ट भनिएको सरकार र त्यसमाथि चितवन गृह जिल्ला भएका गृहमन्त्री रामबहादुर थापा बादल र उनका सल्लाहकार सूर्य सुबेदी पथिकको कार्यकालमा आएर लामो समय देखि रहदै आएको सुकुम्बासी बस्तीमा भएको ज्यादती बर्बर भएको एक स्थानीयले बताए । गृह मन्त्री निकट श्रोतले भने उक्त घटना बाट गृह मन्त्री बादल पनि मर्माहत भएको जिकिर गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका नेता इश्वर सापकोटाले भने सो घटनामा संलग्नहरु मानवरुपी दानव भएको भन्दै कडा कारवाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् ।

Loading...