कालोबजारीको आरोपमा पक्राउ परेका शंकर ग्रुपमा सञ्चालक सुलभ अग्रवाललाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले आज अग्रवाललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो ।

महाशाखाको माग अनुसार प्रशासन कार्यालयले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । प्रहरीले अग्रवाललाई कालोबजारी ऐन २०३२ अनुसार कार्वाही अगाडी बढाएको छ । उक्त ऐनमा दोषि देखिए पाँच वर्ष सम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

ज्वरो नाप्ने थर्मल गन महंगो मुल्यमा बेचेको भन्दै उनलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । पाँच हजार रुपैयाँ मुल्य पर्ने थर्मल गन १५ हजारमा बिक्री गर्न खोजेको भन्दै उनलाई प्रहरीले प्रक्राउ गरेको हो ।

Loading...