एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सरकारले लकडाउनमा थप कडाइ गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने भएको हो ।

मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै उक्त निर्णय लिएको हो ।

एकैदिन आज संक्रमितको संख्या ३ ले बढेर ९ पुगेपछि सरकार झस्किएको छ । १ महिला विदेश नगए पनि कोरोना पोजेटिभ देखिएपछि रोग दोश्रो चरणमा प्रवेश गरेको आशंका गरिएको छ ।

चैत ११ गतेदेखि एक सातालाई लकडाउन सुरु गरेको सरकारले पुनःम्याद थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि लक् डाउन जारी राखेको छ ।तर पनि रोग फैलन सक्ने सम्भावना बढेपछि सरकार तातेको हो ।

चैत २५ पछि के गर्ने भन्ने निर्णय नभएपनि सरकारको लक् डाउन कडा गर्ने निर्णय संगै यो समय सीमा बढ्ने सजिलै अनुमान गर्न सकिन्छ ।

Loading...