प्रदेश प्रमुखहरुले भेटे (नेकपा) अध्यक्ष प्रचण्डलाई

काठमाडौं, २ चैत । सातै प्रदेशका प्रमुखहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रदेश सरकारले भोग्नु परेका समस्याबारे केन्द्रिय सरकारलाई जानकारी गराउन काठमाडौं आएका प्रदेश प्रमुखहरुले आज प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न भनेर काठमाडौं आएका उनीहरुले भर्खरै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीसँग भेट्ने समय भने तोकिएको छैन् ।

प्रदेशले भोग्नु परेका समस्याबारे जानकारी दिन काठमाडौं आएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेट वार्ता गर्ने जनाएका छन् । प्रदेश प्रमुखहरुले आज प्रचण्डलाई सामूहिक रुपमा प्रदेशले भोगेका समस्याबारे जानकारी गराएका छन् । भेवार्ताको क्रममा प्रचण्डले समस्या समाधानमा अगाडी बढ्न सरकारसँग छलफल गर्ने प्रतिबद्धता जाहेर गरेको जनाइएको छ ।

Loading...