कोरोनाको त्रासबीच एफएनजे जापानको दसौं स्थापना दिवस सम्पन्न

टाेकियाे । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाको दशौं स्थापना दिवस शुक्रबार मनाइएको छ । टोकियोको सिनओकुबो स्थित महासंघको सम्पर्क कार्यालयमा दशौं स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको उदघाटन स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघ जापान शाखाका सल्लाहकार भूषण घिमिरेले ‘केक’ काटेर गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भूषण घिमिरेले जापानको नेपाली समाजलाई सुचना तथा समाचारका माध्यमद्वारा सुसुचित गर्नुपर्ने कर्तब्य जापानमा रहेका नेपाली पत्रकारहरुको भएको बताउदै समाजप्रति जिम्मेवार भएर योगदान गर्न पत्रकारहरुलाई सुझाव दिनुभयो ।

पत्रकारहरुबिच बेला बेला छलफल र बिचारको आदान प्रदान गरिनुपर्नेमा पनि उहाले जोडदिनुभयो ।

पत्रकारहरुमा बिशेष अध्ययन ,बिशेष क्षमता र बिशेष दक्षता हुनुपर्ने उल्लेख गर्दै उहाले पत्रकार राम्रो भए मात्रै महासंघ राम्रो हुने बताउनुभयो ।

‘पत्रकार महासंघको स्थापना दिवस मनाइनु भनेको संस्थापकहरुप्रतिको सम्मान हो’,उहाले भन्नुभयो,’नेतृत्व परिवर्तन भइरहन्छन यो प्रकृया हो,तर पत्रकारहरुबिचको एकता आजको आवश्यकता हो।’

कार्यक्रममा पत्रकार दिनेश थपलियाले महासंघले पत्रकारहरुबिच भेटघाट, छलफल तथा क्षमता अभिवृद्धिको अवसर दिएको उल्लेख गर्दै महासंघको स्थापना दिवसको शुभकामना ब्यक्त गर्नुभयो ।

पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले स्थापना दिवसको अवसरमा अग्रज पत्रकारहरुप्रति सम्मान प्रकट गर्दै महासंघले आगामी दिनमा प्रभावकारी कार्यक्रमहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

महासंघ जापान शाखाका सदस्यहरु कृष्ण अधिकारी, बिश्वास आचार्य ,ब्यवसायी शिव पौडयाल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन महासंघका कोषाध्यक्ष आनन्द कोइरालाले गरेका थिए भने महासंघका उपाध्यक्ष पूर्ण चलाउनेले स्वागत मन्तब्य राखेका थिए ।

कोरोना भाइरसको प्रकोप बढिरहेका कारण स्थापना दिवस सामान्य ढंगले मनाइएको पनि महासंघले जनाएको छ। पत्रकार महासंघ जापान शाखाको स्थापना सन २०११ मा टोकियोमा भएको हो ।

Loading...