कोरोना त्रास: संसद रोक्न सांसदहरुको माग

काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्व नै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।कोरोना भाइरसको त्रास फैलिरहेका बेला संसद चलाउन नहुने पनि बताएका छन्।

बिहीबार संसदको शून्य समयको सुरुमै बोल्न मौका पाएका सांसदहरु भरत शाह र भीमसेनदास प्रधानले संसद चलाइरहनुको औचित्य नभएको बताएका छन । सांसद साहले भने, ‘कोरोनाको संक्रमण फैलिरहेका बेला संसद धेरै दिन चलाउनु हुँदैन कि?’

उनीपछि आफ्ना कुरा राखेका सांसद भीमसेनदास प्रधानले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व महामारीकै घोषणा गरिसकेकाले संसद रोक्न माग गरे। उनले भने, ‘यस्तो अवस्थामा संसद निरन्तर चलाउनुको तुक छैन। भीडभाड हुने ठाउँबाट कोरोना सर्ने जोखिम हुने भएकाले संसद र स्कुल बन्द गर्नुपर्‍यो।’

युरोप र अमेरिकासमेत त्रास्त भइरहेका बेला नेपालले सचेत हुनुपर्ने उनले बताए। संक्रमण फैलिसकेपछि रोक्न सक्ने पूर्वाधार नेपालसँग नभएकाले रोक्न आग्रह गरे।

Loading...