मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी आना सिंहलाई

भक्तपुर, २९ मङ्सिर । मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिहले जितेकी छिन् । बेलायतमा सम्पन्न भएको मिस वर्ल्ड सुन्दरी टोनी आना सिहलाई गत वर्षकी मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् ।

फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो आएकी छिन् भने सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव रहेका छन् । यसअघि विविध विधामा टप ४० मा पर्न सफल उनी अन्ततः मल्टिमिडिया अवार्ड विजेता बनी टप १२ मा पर्न सफल भएकी हुन् । ६९ औं मिस वर्ल्ड २०१९ लन्डनको एक्सेल हलमा आयोजना गरिएको थियो । कार्यक्रममा १ सय भन्दा बढी मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए । मिस वर्ल्ड २०१९ नोभेम्बर २० बाट सुरु भएको थियो ।

Loading...