उधौली र योमरी पुन्हिमाको शुभकामना

काठमाडौं, २६ मंसिर । नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि ज्यापु दिवस का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा शुभकामना व्यक्त गरेका छन् । विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको हो ।

सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास लिएको छु। प्रचण्डको शुभकानमा भनिएको छ। सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र हाम्रो पार्टीको स्पष्ट रणनीति रहेको भन्दै नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन्।

प्रचण्डको शुभकामान सन्देशमा उल्लेख छ। यो पर्वले नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना अध्यक्ष प्रचण्डले गरेका छन्।

Loading...