नेपाली नौ बक्सर फाइनलमा (भिडियो सहित)

 

काठमाडौँ, २२ मंसिर । १३ औं दक्षिण  एसियाली खेलकुद अन्तर्गत आइतबार भएको बक्सिङको तेश्रो दिनको खेलपछि नेपालका महिला पुरुष गरी कूल नौ खेलाडीले फाइनल स्थान सुनिश्चित गरेका छन् । आइतबार भएको सेमिफानलमा नेपालका माला राई, सनिल शाही र गणेश प्रधानले फाइनल स्थान पक्का गरेसँगै नौ नेपाली बक्सर फाइनलमा प्रवेश गरेका हुन् ।

महिला ५१ केजी समूहमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचिगोलाइ अंकको आधारमा पराजित गरे ।
यसैगरी पुरुष ६० केजीमा श्रीलंकाका आराछिललाइ अंकको आधारमा पराजित गर्दै सनिल शाहीले पनि फाइनलमा स्थान बनाएका छन ।पुरुष ८१ केजी तौल समूहमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाइ आरएससीको आधारमा पराजित गर्दै फाइनल स्थानमा स्थान सुरक्षित गरेका छन ।

खेल सुरु भएको ३० सेकेन्ड नबित्त्दै भारतीय मुक्केबाज सचिनलाइ चोट लागेपछि रेफ्रीले प्रधानलाई विजयी घोषित गरेका हुन । 

आइतबार भएको सेमीफाइनलमा पुरुष ६० केजीमा श्रीलंकाका आराछिललाइ अंकको आधारमा पराजित गर्दै सनिल शाही       

Loading...