तनावग्रस्त कोहलपुर: डीएसपी शाहीसहित ९ प्रहरी घाइते

काठमाडौं २२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । यसअघिको समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् ।

घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।केही राउण्ड हवाई फायर पनि भएको छ ।