नेकपाका उम्मेदवारलाई चार मतले पराजित गर्दै कांग्रेसले खाता खोल्यो

बैतडीको सुर्नया गाउँपालिका अन्तर्गत वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी बनेका छन् । उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द बिजयी भएका हुन् ।

चन्दले नेकपाका उम्मेदवार धनबहादुर चन्दलाई चार मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारे ।

खसेको कुल ४३८ मतमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले २१९ र नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कलशबहादुर चन्दको मोटरसाईकल दुर्घटनामा परी मृत्यु
भएपछी यहाँ उपनिर्वाचन भएको हो ।

Loading...