माघ देखि प्रभु बैंकको कार्ड नचल्ने, तत्काल साट्न आग्रह

काठमाडौँ, १० मंसिर । प्रभु बैंक ले आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बताएको छ । बैंकले हाल आफ्नो कार्ड सिस्टम अपग्रेड गरिरहेको र हालको कार्डलाई विस्थापन गरी  SCT UPI  कार्ड जारि गर्न लागेको जनाएको हो ।

बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नयाँ कार्ड लिन आग्रह गरेको छ । नयाँ कार्ड थप प्रतिधियुक्त र थप सुरक्षित भएको बैंकले जनाएको छ ।

Loading...