उच्च शिक्षा अध्ययनका लागि युवा समाजसेवी अमात्यद्धारा १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण

पाल्पा, रिब्दीकोट गाउँपालिकाका स्थानीय युवा व्यवसायी तथा समाजसेवी नरेन्द्र अमात्यको सक्रियतामा रिब्दीकोट गाउँपालिका ३ मा जन्मभई कामको सिलशिलामा देश तथा विदेशमा रहेका रिब्दीकोट बासी युवाहरुको सहयोगमा विपन्न परिवारकी सिर्जना मल्ललाई १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

अमात्यको सक्रियता र हार्थोक बजार व्यवस्थापन समितिको सक्रियतामा संकलन भएको रकम शनिबार एक कार्यक्रमको आयोनागरी हस्तान्तरण गरिएको हो ।

मल्ल परिवारमा आर्थिक आयआर्जन गर्ने मुख्य पात्र शम्भु मल्लको क्यान्सरका कारण मृत्यु भएपछि परिवारमा आर्थिक समस्या देखिएकाले सहयोग उठाएर रकम सहयोग गरिएको अमात्यले बताए । आर्थिक सहयोगले शम्भु मल्लका छोरा शौरभ मल्ल र छोरी सलिना मल्लका लागि उच्च शिक्षा अध्ययनका लागि सो रकम हस्तान्तरण गरिएको अमात्यले जानकारी दिए ।

उद्योग वाणिज्य संघका सदस्य समेत रहेका अमात्य सामाजिक कार्यमा सक्रियाता जनाउदै आएका छन । उक्त कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की र राधिका खनाल लगायतको उपस्थिति रहेको थियो ।

Loading...