पूजा सुनुवारको ‘हुन्छ भनन’ मा प्रकाश सपुत र वर्षा राउत (भिडियो)

काठमाडौं, ८ मंसिर । गलबन्दीका गायक, एबम मोडेल प्रकाश सपुतको अर्को भिडियो सार्वजनिक भएको छ। गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ।

डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरे। सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन । अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई उत्सब दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका छन्। दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ।

Loading...