६ लाख ५० हजार नगदसहित न्युरोडबाट सात जना जुवाडे पक्राउ

काठमाडौँ , ८ मंसिर । काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । डिएसपी बोगटीका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अड्डाबाट उनीहरु पक्राउ परेका हुन् ।

Loading...