बागलुङ, २९ कात्तिक । बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरु बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलिमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ ।
पछिल्लो समय भुस पोल्ने पर्वकै अवसरमा अर्गल खेलकूद विकास मञ्चले खेलकूद तथा साँस्कृतिक कार्यक्रमसमेत राख्ने गरेको छ । रैथाने मगरहरुको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताए । अर्गलिमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगरको बसोबास छ ।