बलिउड अभिनेता गोविन्दा काठमाडौंमा, भोलि विरगञ्ज जाँदै

काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन् । उनको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग छोटो कुराकानी गरे । उनले पत्रकार सम्मेलनमा टुक्रे नेपालीमा प्रश्नोत्तर गरे । गोविन्दाले नेपाली मुलकी युवतीसँग विवाह गरेका हुन् ।

गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन् । नेपली मुलकी युवतीसँग कसरी विवाह भयो भन्ने जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए ।

वीरगन्जमा हुने स्वर्णिम महोत्सव कात्तिक २३ गतेसम्म चल्नेछ । महोत्सव प्रवेशका लागि एक सय रुपैयाँको टिकट राखिने आयोजकले जनाएको छ ।

Loading...