फिरौती लिंदैगर्दा अपहरणकारी प्रहरीको निसानामा : बालकको सकुसल उद्धार

बीरगंज । बालक अपहरणमा संलग्न अपहरणकारीलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । फिरौती लिंदैगर्दा अपहरणकारी प्रहरीको निसानामा परेका हुन् ।

घटना गएरातीको हो । वीरगञ्जको सिर्सियामा प्रहरीले गोली हानेर बालक अपरहणकारीलाई समातेको हो । १० दिनअघि अपहरणमा परेका काभ्रेका एक बालकको उद्धार गर्नेक्रममा अपहरणकारीलाई गोली हानी समातिएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टी गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरीयाका राजकुमार दास रहेको प्रहरीको भनाइ छ ।

काभ्रेबाट बालक अपहरण गरी पर्साको सिर्सियामा राखेर अभिभावकसँग फिरौती लिँदै गर्दा प्रहरी पुगेको थियो । प्रहरी टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी पक्राउ गरेको हो । गोली दासको दाहिने खुट्टामा लागेको छ । उनको नारायणी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

अपहरणमा परेका बालकको सकुसल उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलनमार्फत बिस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ ।

Loading...