दोस्रो विश्वयुद्धको समयमा रहस्यमय तरिकाले वेपत्ता भएको पनडुब्बी ७७ वर्षपछि भेटियो

काठमाडौं । दोस्रो विश्व युद्धको समयमा रहस्यमयी रुपमा हराएको एक पनडुब्बी ७७ वर्षपछि भेटिएको छ।

बेलायतको पनडुब्बी दोस्रो विश्वयुद्धको समयमा ४४ सेनासहित समुन्द्रमै हराएको थियो । जानकारहरुका अनुसार उक्त पनडुब्बी रहस्यमय रुपमा हराएको थियो। ७७ वर्षपछि पनडुब्बी भेटिएपछि सबैजना आश्चर्यमा परेका छन्।

सन् १९४२ अप्रिल २७ मा पनडुब्बी माल्टाको मेडिटेरानियन आइल्यान्डदेखि इजिप्टको अलेक्जेन्ड्रियाका लागि हिँडेको थियो। तर उक्त पनडुब्बी अलेक्जेन्ड्रिया कहिल्यै पुग्न सकेन। उक्त पनडुब्बी ट्र्याक गर्न सकिएन।

उक्त पनडुब्बी हाल माल्टाकै समुन्द्रमा भेटिएको सीएनएनले जनाएको छ। अधिकारीहरुका अनुसार ४ सय फिट तल पनडुब्बीको अवशेष भेटिएको छ।

Loading...