राजेश हमाल र अञ्जली अधिकारीको जोडीले ल्यायो यस्तो मन छुने मार्मिक भिडियो

काठमाडौं । गायक तथा सर्जक विरही कार्कीको आवाजमा ‘आमाको आँशु’बोलको गीत सार्वजनिक गरिएको छ।

यस गीतलाई ‘आमा भाग ५–आश्रम’ नाम दिइएको छ। विरही कार्की स्वयंम र शान्ता कार्कीको शब्द, विरही कार्कीकै संगीत रहेको गीतमा बी.बी अनुरागीको संगीत संयोजन छ।

गीतमा आमाप्रति छोराछोरीले गर्नुपर्ने दायित्वको वर्णन गरिएको छ। गीतको अडियो र भिडियो मार्मिक लाग्छ।

भिडियोमा राजेश हमाल, लक्ष्मी गिरी, सविन बास्तोला, मिश्री बस्नेत थापा, अञ्जली अधिकारी, निरु खड्का, पिएन सापकोटा, समीक्षा विसी, धुव्र पोखरेल, स्तुति गौतम लगायतका अभिनय छ।

भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन्। सुदीप बरालले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

हेर्नुहाेस भिडियो

 

Loading...