डिसहाेमले सुरु गर्याे रमाइलाे टिभी र एक्सन स्पाेर्टस च्यानल

काठमाडाैं । डिसहोमले ‘रमाईलो टिभी’ र ‘एक्सन स्पोर्टस’ नामक दुई नयाँ च्यानलको प्रसारण सुरु गरेको गरेको छ। रमाईलो टिभी विशेषगरी मनोरञ्जन संग सम्बन्धीत छ भने एक्सन स्पोर्टस टिभीमा भने खेलकुद संग सम्बन्धीत छ।

च्यानल नं १०४ (रमाईलो टिभी) मा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रसारण हुने कम्पनीले उल्लेख गरेको छ। च्यानल नं १०५ (एक्सन स्पोर्टस) मा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुने छ।

दशैंको अवसरमा डिसहोमको खुसी अन गरौं योजनाअन्तर्गत २ हजार ९ सय ९९ मै डिसहोम जोड्न सकिने छ। नयाँ च्यानलहरु हेर्नको लागि डिशहोमका ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिनुपर्ने हुन्छ।

Loading...