हाइड्रोजन बमको सफल परिक्षण गरेपछि आफ्ना वैज्ञानिकहरुसँग उत्सव मनाउँदै किम

काठमाडाैं, २६ भदाै । उत्तरकाेरियाले अहिले विश्व हल्लाइरहेकाे छ । पछिल्लाे समय उसले गरेकाे हाइड्राेजन वमकाे परिक्षणपछि विश्वकाे सबैभन्दा शक्तिशाली देश मानिएकाे अमेरिका समेत तर्सिएकाे छ । उत्तर काेरियाका युवा राष्ट्रपति किम जाेङ उनले केही दिन अगाडि अमेरिकालार्इ जित्न पुग्ने हाइड्राेजन वम बनाउन अाफ्ना वैज्ञानिकलार्इ निर्देशन दिएकाे कुरा बाहिर अाएपछि अमेरिका झन सशंकित भएकाे छ ।

यसैबीच उत्तरकाेरियामा अहिले भव्य उत्सव अायाेजना भइरहेकाे खबर अाएकाे छ । हाइड्रोजन बमको परिक्षण सफल भएपछि उत्तर कोरियाका नेता किम जोङ उनले भव्य उत्सवको आयोजना गर्न लगाएकाे बताइएकाे छ । साथै उनले आफ्ना परमाणु वैज्ञानिक तथा प्राविधिज्ञहरूलाई बधाई समेत दिएका छन्।

उत्तरकाेरियाकाे याे परिक्षण अहिलेसम्मकै ठूलाे परमाणु परिक्षण भएकाे बताइएकाे छ । एक साताअघि मात्र गरिएकाे हाइड्रोजन बमकाे सफल परिक्षणले उत्तर काेरिया निकै उत्साहित छ ।

हाइड्राेजन वमकाे सफल परिक्षणपछि नेता किम जाेङ उनले भनेका छन्, ‘हाइड्रोजन बमको पछिल्लो परिक्षण कोरियाली जनताको रगतको मूल्यको बदलामा ठूलो विजय हो । उत्तर काेरियाकाे सरकारी सञ्चारमाध्यम केसीएनएले याे कुरा बाहिर सार्वजनिक गरेकाे हाे ।

नेता उनले अाफ्ना परमाणु वैज्ञानिक, अन्य वरिष्ठ सैन्य अधिकारी र पार्टीका नेताहरूलार्इ बाेलाएर उनीहरुकाे प्रशंसा गरेका छन् । साथै उनले साे अवसरमा एक भव्य भोजको आयोजना समेत गरेका छन् । उक्त भाेजमा एकसाता अघिकाे परमाणु परिक्षणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरुकाे ठूलाे स्वागत गरिएकाे थियाे ।

साे भाेजमा उत्तरकाेरियाकाे राष्ट्रिय ब्याण्डलार्इ निम्त्याइएकाे थियाे । उत्तर काेरियाकाे सरकारी सञ्चार माध्याम केसीएनएले उक्त भाेजकाे तस्विर आइतबार मात्र प्रकाशित गरेको थियाे । तस्बिरमा उत्तर कोरियाली युवा नेता उन दुई जना वैज्ञानिकका साथ प्योङयाङस्थित पीपुल्स थिएटरमा मुस्कुराउँदै गरेकाे देखिन्छ ।

गत साता उत्तर कोरियाले सातारम्भमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) मा हाइड्रोजन बम राखेर प्रहार गर्न सक्ने घोषणा गर्‍यो। यदि उत्तरले दाबी गरेबमोजिम उक्त परीक्षण सफल भएको हो भने आणविकीकरणको दिशामा यो उसका लागि महत्वपूर्ण उपलब्धि हो। उत्तरको प्रतिद्वन्द्वी खासगरी अमेरिकी नेतृत्वको गठबन्धनका लागि चाहिँ यो निकै ठूलो चुनौती मानिएको थियो।

उता अमेरिकाले शुक्रबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा यसबारे जानकारी दिएकाे छ । अमेरिकाले उत्तर काेरियाले गरेकाे हाइड्राेजन वमकाे परिक्षणका बारे जानकारी दिँदै उसमाथि थप नाकाबन्दी लगाउन प्रस्ताव समेत गरेकाे छ । साथै साे प्रस्तावमाथि सुरक्षा परिषदमा रहेका राष्ट्रहरुबीच मतदान गराउन पनि माग गरेकाे छ ।

Loading...