वैद्य माओवादी फेरि फुटको डिलमा । परि थापाले विद्रोह गर्दै

काठमाडौँ, २५ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) फेरि फुटको डिलमा पुगेको छ । विप्लवको नेतृत्वमा एउटा समूहले सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएको केही समयपछि बादल समूह माओवादी केन्द्रमा फकेको पीडाबाट तैरिन नपाउँदै फेरि अर्को फुट हुने भएको स्रोतका दाबी छ ।

नेकपा (एकीकृत)बाट एकतामा आएको समूहले अध्यक्ष वैद्यलाई समस्यामा परेको छ । परि थापाले नेतृत्व गरेको एकीकृतबाट एकतामा आएका नेताहरुले माओवादी मान्न नसकिने भनेपछि वैद्य थप समस्यामा परेका छन् ।

एकतामा आएका थापा समूहका नेताहरु रामसिंह श्रीस र सीताराम तामाङले माओवाद मान्न नसकिने र जनयुद्धको विषयमा फरक मत राख्दै आएका थिए । एकता हुनु भन्दा पहिलेदेखि माओ विचार मान्दै आएको थापा समूहका नेताहरुले वैद्यको दस्तावेजमा फरक मत राखेका छन् ।

असारको २५ देखि ३० असारसम्म चलेको केन्द्रीय समिति बैठकमै श्रीस र तामाङले फरक मत राखेका थिए । फरक मतलाई दस्तावेजमा फरक मतको रुपमा समेटिएको छ । आगामी असोज २१ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा लगिने भएको स्रोतले बतायो ।

थापा समूह तत्कालिन नेकपा–माओवादीमा प्रवेश गर्ने बेला ६ बुँदे सहमति भएको थियो । जसमा माओवाद मान्ने वा माओ विचारधारण मान्ने भन्ने विषयमा बहस र छलफलद्वारा संयुक्त अधिवेशनबाट पारित गर्ने भनिएको थियो ।

क्रान्तिकारी माओवादीका पाँचजना केन्द्र्रीय कार्यालयमा थापा समूहका परी थापा र रामसिंह श्रीस छन् । केन्द्रीय सचिवालयमा रहेका १९ मध्ये ६ जना थापा समूहका छन् । राजनीतिक रुपमै असहमति भएक कारण क्रान्तिकारी माओवादी फेरि विभाजन हुने बताइएको छ ।

Loading...