उपमहानगरपालिकाको पत्रकार महासङ्घलाई सहयोग

हेटौँडा, २८ भदौ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौँडा उपमहानगरपालिकाले चार लाख सहयोग गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार उपचार कोषका संयोजक सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलगायतलाई सो शुक्रबार सो रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै प्रमुख महतले आफ्नो कार्यकालभरिमा उपचार कोषमा २० लाख पु¥याउने बताए । पत्रकारले दुःख पाएको बेलामा उपमहानगरपालिका सधैँ साथमा रहेको उनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष हुमागाईंले उपचार कोषमा हालसम्म नौ लाख सङ्कलन गरिएको बताए । यसअघि उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले दुई लाख र शिवम् सिमेन्ट उद्योगले तीन लाख सहयोग गरेको उनले जानकारी दिए । मकवानपुरका पत्रकार गम्भीररुपमा बिरामी परेमा उपचार कोषको ब्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको हो ।

Loading...