आज फेरि घट्यो सुनको भाउ कति पुग्यो भाउ हेनुहोस

काठमाडौं २७ भदौ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आज प्रतितोला २ सयले घट्दै ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको पनि मूल्यमा प्रतितोला २ सयले घट्दै ७० हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला ८ सय ७५ रुपैयाँ रहेको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको हो ।

Loading...