वीरगञ्ज, २३ भदौ । लोपोन्मुख अवस्थामा रहेको पाटेबाघको संख्या सन् २०२२ सम्म दोब्बर पु¥याउने नेपाल सरकारको लक्ष्यअनुरूप पर्सा राष्ट्रिय निकुञ्ज आधाभारमा पाटेबाघको संख्या २५० पु¥याउने भएको छ ।
सो निकुञ्जमा विगतमा बाघको गणना गर्दा सन् २००७ र २००८ मा २२ वटा पाटेबाघ रहेकोमा अहिले सो बाघको संख्या दोब्बर हुनुसक्ने अनुमान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।
निकुञ्जभित्र सन् २०१३ मा सातवटा वयस्क पाटेबाघ रहेकोमा अहिले विभिन्न समयमा गरिएको अनुगमनअनुसार सो बाघको संख्या साढे दुई गुणाले बढ्नसक्ने अनुमान गरिएको छ । प्रत्येक पाँच वर्षमा बाघको गणना हुने भएकाले सो निकुञ्जमा सन् २००७ मा चारवटा, सन् २०१३ मा सातवटा पाटेबाघ रहेकोमा, सन् २०१७/१८ सम्म आइपुग्दा सो संख्या बढ्न जाने विश्वास निकुञ्जले लिएको छ ।
सन् २०१० रुसमा भएको १४ वटा राष्ट्रको सम्मेलनमा बाघ बढाउने निर्णय गरेपछि नेपाल पनि बाघको संख्या बढाउने लक्ष्यअनुरूप बाघको संख्या वृद्धितर्फ निकुञ्जले काम थालनी गरेको हो ।
बाराको पथलैयादेखि अमलेखगञ्जसम्म बाघ, हात्ती, गँैडा, बँदेल, मृगलगायतका जनावर हिँडडुल गर्ने भएको तथा सो क्षेत्रमा रातिसम्म सवारीसाधन आवतजावत गर्ने भएकाले जनावरको सुरक्षा चुनौती बढ्न गएकाले यसलाई संरक्षण गर्न सडक सुधार गर्नुपर्ने, गस्ती बढाउनुपर्ने सोच निकुञ्जले राखेको छ ।
हात्तीको लागि प्रख्यात रहेको पर्सा राष्ट्रिय निकुञ्जभित्र ६० देखि ६५ वटा जंगली हात्ती, १० वटा जति घरपालुवा हात्ती रहेको छ भने लोपोन्मुख जनावर गँैडा, पाटेबाघ, गौरी गाई निलगाई, जरायोजस्ता जनावर रहेका छन् ।
निकुञ्जको पश्चिमतर्फ चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणतर्फ भारतको बाल्मिकी टाइगर रिजर्व, पूर्वमा बाराको रतनपुरीसम्म फैलिएको छ, भने निकुञ्जले बारा, पर्सा, मकवानपुर गरी तीन जिल्लालाई जोडेको छ ।
प्रदेशको हिसाबले हेर्ने हो भने २ नं प्रदेशमा यस निकुञ्जले मात्र पर्यटकबाट राम्रो आम्दानी गर्न सकेको छ । यहाँ द्रूतमार्ग तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि यहाँबाट काठमाडौँं तथा भारतीय सहर नजिक पर्ने भएकाले नेपालको लुम्बिनी, पोखरा घुम्न आउने पर्यटकका लागि यो निकुञ्ज ‘हब’ बन्न सक्ने भएकाले यस क्षेत्रमा अहिले होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटनसँग जोड्न चितवन राष्ट्रिय निकुञ्जसम्म रहेको सडक मार्गलाई सुधार गर्नसके यसले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा थप टेवा पुग्न जाने विश्वास लिइएको प्रमुख संरक्षण अधिकृत आचार्यले छ ।
निकुञ्जको वरिपरि रहेको मध्यवर्ती क्षेत्रका बासिन्दाका कारण काठ तस्करी ठूलो चुनौतीको रूपमा रहेको छ । आर्थिक वर्ष २०७३÷७४ हालसम्म वन्यजन्तु अपराधसम्बन्धी नौ र वन पैदाबारसम्बन्धी २३ वटा मुद्दा विभिन्न व्यक्तिले खेपिरहेका छन् ।
पर्यटन विकासको सम्भावना प्रचुर मात्रामा रहेको यस निकुञ्जलाई व्यवस्थित गर्नसके यसबाट लामो दुरीको जंगल सफारीका साथै होटल खुल्ने बढ्नाले ट्रेकिंग व्यवसायसमेत फस्टाउनसक्ने विश्वास यस भेगका व्यापारीले लिएका छन् ।
कूल ६२७ वर्गकिलोमिटर फैलिएको यो निकुञ्जमा रहेको बाघको वासस्थानमा सुधार ल्याई बाघको संख्यामा वृद्धि गर्नेतर्फ निकुञ्ज सक्रिय रहेको छ भने बाघको नियमित आहारको व्यवस्थापनमा समेत जोड दिएको छ । प्राकृतिक रूपमा बाघको बास स्थानको विकासको लागि घाँसे मैदानको विकासमा जोड दिएको छ ।
निकुञ्जमाथि मानिसको चाप बढदै गएपछि बाघको बास स्थान मासिँदै गएकाले सोको सुरक्षामा विशेष ध्यान दिई बाघको बासस्थानको विकासमा सक्रियता देखाइएको छ ।