साताको पहिलो दिन घट्यो सुनको मूल्य

काठमाडौँ,२२ भाद्र । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच यस रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ७१ हजार ५ सयले कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुनको मूल्य घटेको थियो । शुक्रबार ७२ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको हो । यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ । अघिल्लो हप्ताको बुधबार प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो ।

यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो । उच्च मूल्यमा एक सय रुपैयाँ घटेर बिहिबार ७३ हजार ४ सयमा सुनको कारोबार भयो । शुक्रबार भने १४ सयले घटेर ७२ हजारमा कारोबार भएको थियो ।

Loading...