लोकसेवाले निकाल्यो बुटवल केन्द्रको खरिदारको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले सोमवारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले बुटवल केन्द्रको नतिजा निकालेको छ ।

आयोगले गत बैशाख १४ गते प्रथम चरणको परीक्षा लिएको थियो । प्रथम चरणको परीक्षा उत्तीर्ण गरेकाहरुले असार ७ गते दोस्रो चरणको परीक्षा दिएका थिए । असार ७ मा भएको दोस्रो चरणको परीक्षामा बुटवल केन्द्रबाट ९५९ जना सहभागी भएका थिए । जसमध्ये ३६ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

आयोगले बुटवल केन्द्रबाट २१ जनाको संख्या माग गरेको थियो । आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनेहरुलाई कम्प्युटर सीप परीक्षण तथा अन्तवार्ताका लागि सूचना जारी गरेको छ । सूचनामा आउदो असोज ६, ७ र ८ गते कम्प्युटर सीप परिक्षण तथा अन्तर्वार्ता हुने बताइएको छ । अन्तर्वार्ता र कम्प्युटर सीप परिक्षण आयोगको बुटवल कार्यालयमै हुने पनि जनाएको छ ।

हेर्नुहोस पूरा नतिजा

Loading...