राफ्टिङ एसोसियसन नाराको अध्यक्षमा मगर

काठमाडौँ, २१ भदौ । नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् ।

नाराकोे आज सम्पन्न २९औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ३२ मतका साथ मगर विजयी भएको हुन । उनका निकटतम प्रतिद्वन्द्वी गंगा नेपालले २६ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्षमा कमल ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भीष्मराज थपलिया, कोषाध्यक्षमा शिशिर खनाल र सहकोषाध्यक्षमा रिता अधिकारी निर्वाचित भएका छन भने सदस्यहरुमा राजु खड्का, विष्णुहरि सिलवाल र उद्धव कँडेल विजयी भएका छन् ।

कूल ७२ जना व्यवसायी मतदातामध्ये ६० मत खसेको थियो । अध्यक्षमा मगर र गंगा नेपालबीच प्रतिस्पर्धा भएको थियो ।

नवनिर्वाचित अध्यक्ष मगरले नारालाई थप व्यवस्थित र व्यावसायिक ढंगले अघि बढाउने प्रतिक्रिया दिए । जलविद्युत् आयोजना निर्माण, नदी प्रदूषण आदि चुनौतीलाई सामना गर्दै ¥याफ्टिङ व्यवसायलाई विश्वस्तरमा फैलाउन पहल गरिने पनि उनले बताए ।

अध्यक्ष मगरका अनुसार ¥याफ्टिङ्का विश्व प्रतियोगिता नेपालमा भित्र्याउन हाल चीनसँग मात्र भएको सम्झौतालाई थप देश भूटान थाइल्याण्ड, मलेसिया इण्डोनेशियालगायत देशसँग पनि सम्झौताको पहल गरिने छ ।

नाराको ११ सदस्यीय कार्यसमितिमध्ये नौ जना निर्वाचित भएपछि अब, एक जना पूर्वअध्यक्ष पदेन सदस्य र पोखरा च्याप्टरका पदेन सदस्य चुनिने छन् ।

साहसिक पर्यटनका रुपमा रहेको नेपालको ¥याफ्टिङ विश्व पर्यटनको आकर्षक र उपयोगी गन्तव्य मानिन्छ ।

नेपालमा सानाठूला गरी छ हजार नदीनालामध्ये सरकारले १६ वटा नदीलाई ¥याफ्टिङका लागि खुला गरेको छ ।

Loading...