कार्यवाहक प्रधानमन्त्रीद्वारा निधन भएका सेनानीका परिवारलाई भेट

काठमाडौँ, १६ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले तालीमका बेला थाइल्याण्डमा निधन हुन पुगेका नेपाली सेनाका प्रमुख सेनानी निरजप्रताप राणाका परिवारका सदस्यलाई आज भेट गरेका छन । बुढानिलकण्ठस्थित धापासी पुगेर उहाँले निधन हुनुभएका राणाका श्रीमतीसहित परिवारका सदस्यलाई भेटेर श्रद्धाञ्जली व्यक्त गरे ।

उपप्रधान तथा रक्षामन्त्रकीसमेत रहेका पोखरेलले उनको निधनले मुलुकले कुशल सुरक्षाकर्मी गुमाएको बताए । सोही अवसरमा रक्षासचिव रेश्मीराज पाण्डे र प्रधानसेनापति पूर्णचन्द्र थापाले समेत श्रद्धाञ्जली व्यक्त गरे । हवाई सुरक्षासम्बन्धी तालीममा थाइल्याण्डमा सेनानी राणाको यही भदौ ६ गते हृदयघातबाट निधन भएको थियो । उनका श्रीमती र दुई छोरा छन् ।