आविष्कार केन्द्रलाई सहयोग

काठमाडौँ, १६ भदौ । राष्ट्रिय आविष्कार केन्द्रलाई ७१ हजार आर्थिक सहयोग प्रदान गरिएकाे छ । पूर्वसचिव भीम उपाध्याय र उनका पत्नी ललिता उपाध्यायले उक्त सहयाेग गरेका हुन् । केन्द्रलाई आर्थिक सहयोग गर्ने उनी पहिलो पूर्वसचिव रहेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिएका छन ।

केन्द्रले सूचना प्रविधिलगायत नवीनतम् आविष्कारका क्षेत्रमा नवीनतम् काम गरिरहेको छ । प्रमुख पुनले विश्वप्रसिद्ध म्यागेसेसे पुरस्कार प्राप्त गरेका छन । आर्थिक अभावमा उनका ज्ञान र सोचलाई व्यावहारिक कार्यान्वयन गर्न समस्या परिरहेको जनाइएको छ ।

पूर्वसचिव उपाध्यायले भने, “पुनका ज्ञान, सीप र दक्षतालाई कार्यान्वयन गर्न आर्थिक अभाव हुन दिनुहुँदैन, यसका लागि सरकार र आम नागरिकले आआफ्नो क्षेत्रबाट जतिसक्दो सहयोग गर्नुपर्छ, सानो सहयोग मात्र मैले गरेको हुँ ।” वरिष्ठ इञ्जिनीयर पूर्वसचिव उपाध्यायले केन्द्रका गतिविधिका बारेमा जानकारी लिँदै आगामी दिनमा केन्द्रलाई सहयोग गर्न आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताएको जनाइएको छ ।

Loading...