संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक ः पूर्वप्रधानमन्त्री खनाल

धादिङ, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

आज धादिङबेँसीमा पञ्चेबाजा प्रतियोगिताको उद्घाटन गर्दै उनले नागरिकले गर्ने यस किसिमका अभियानले लामो समयदेखि चल्दै आएका संस्कृति र परम्पराको संरक्षण हुने विश्वास व्यक्त गरे ।

सांसद खेमप्रसाद लोहनीले जातीय छुवाछूत अत्य गर्न यस किसिमका अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा सांसद भूमि त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सांस्कृतिक क्रान्तिसँगै आर्थिक समृद्धि गर्नका लागि सबै लाग्नुपर्ने बताए ।

Loading...