‘भिडियो कन्फ्रेन्सको विरोध गर्नु औचित्य छैन’

काठमाडौँ, १२ भदौ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते र १७ भन्दा चौपाया मृत्यु भएको तर्फ सदनको ध्यानाकर्षण गराए । उनले भने, “ चट्याङबाट विशेष गरी अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्र बढी पीडित छ । तत्काल भूगर्भविद् पठाई के कारणले सो क्षेत्रमा चट्याङ प¥यो, जानकारी दिनुप¥यो । नियन्त्रणमा कार्ययोजना ल्याउनुप¥यो । जोगिन जनचेतनाका कार्यक्रम सञ्चालनसमेत गर्नुप¥यो ।”

सांसद राधेश्याम अधिकारीले सिङ्गापुरमा स्वास्थ्योपचार गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेकोमा सरकारको गोपनीयता धरापमा परेको टिप्पणी गरे । उनले भने “भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो रु”

सांसद वृषेशचन्द्र लालले संसदीय गतिविधिप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्दै भूमिसम्बन्धी ऐनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रीले सदनमा गलत सूचना दिएको बताए। उनले भने “राज्यशक्तिको बाँडफाँट संविधानअनुसार हुनुपर्छ ।”

सांसद नैनकला ओझाले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न तथा सरकारी अस्पतालमा बिग्रेका उपकरण मर्मतमा ध्यान दिन आग्रह गरे । उनले भने “सरकारी अस्पतालका उपकरण बिग्रेका कारण जनताले दुःख पाइरहेका छन् तर मन्त्रालयले ध्यान दिएको छैन ।”

सांसद अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार भएको साङ्घातिक हमलाको निन्दा गर्दै आक्रमणकारीमाथि किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ नगरेकामा सरकारको ध्यानाकर्षण गराए । उनले भने “प्रतिष्ठानको पूर्वाधारमा सरकारले ध्यान गएको छैन । रु दुई करोडले के बन्छ रु सरकारले आफ्नो गोपनीयतामा ध्यान दिनुप¥यो ।”

सांसद रामनारायण बिँडारीले सूचना प्रविधिबाट सरकारको गोपनीयता नजाने विचार राख्दै अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले सिङ्गापुरबाट मन्त्रिपरिषद् बैठक बस्नु स्वागतयोग्य कुरा हो भने। उनले भने“ भिडियो कन्फ्रेन्सको विरोध गर्नु कुनै औचित्य छैन ।”

Loading...