सुर्खेतमा एक एक हजार केजी ब्राउन सुगर भेटियो, २ पक्राउ

सुर्खेत, १० भदौ । सुर्खेतमा ठूलो मात्रामा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्री छन् । उनलाई प्रहरीले ११० किलो ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

सोमबार दिउँसो ब्राउन सुगरजस्तो देखिने धूलो पदार्थ १ सय १० केजीसहित थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट बरामद भएको धूलो पदार्थको परीक्षण गर्ने काम भइरहेको जनाएको छ ।

सुर्खेतबाटै एकजना अर्का लागू औषध ‘तस्कर’लाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का अर्जुन बिक रहेका छन् ।

प्रहरीका अनुसार अर्जुनको साथबाट ९ सय ४० किलोग्राम ब्राउन सुगर फेला परेको छ ।

Loading...