प्रशासन कार्यालयको सेवा विस्तार

नवलपरासी, ३ भदौ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट–पश्चिम ले सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त पार्न विभिन्न सेवा विस्तार गरेको छ ।कार्यालयभित्रै महिला सेवाग्राहीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष, डिजिटल नागरिक वडा पत्र, प्राथमिकताका आधारमा सेवा प्रवाह लगायतका सेवा कार्यालयले विस्तार गरेको हो ।

समयसापेक्ष सेवाग्राहीको सेवालाई थप प्रभावकारी गराउन कार्यालयले विभिन्न काम गरेको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

कार्यालयले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप सेवा विस्तार गरेको बताइएको छ । क्रमशः अन्य सेवा विस्तार गरिने र आवश्यकताअनुसार कर्मचारीसँग कार्य सम्पादन सम्झौतासमेत आफूले गरेको प्रजिअ मरासिनीले बताए ।

Loading...