एनआइसी एसियाको नाफा १२९ प्रतिशतले बढ्यो, ३०५ करोड नाफा, २१७ अर्बको वासलात आकार

काठमाडौं, ३१ साउन्। एनआइसी एसिया बैंकले गत आर्थिक बर्ष ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो बर्षको १ अर्ब ३३ करोडको नाफामा बैंकले १ अर्ब ७२ करोड रुपैयाँ थपेर यसपाली ३ अर्ब ५ करोड नाफा पुर्याएको हो। यो भनेको १२९ प्रतिशतको बृद्धि हो।

Image result for एनआइसी एसिया

बैंकले कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड आर्जन गरेको छ। यस अवधिमा खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि गरी ६ अर्ब ६९ करोड पुर्याएको छ।

बैंकले वासलातको आकार नै २७ प्रतिशतले बढाएर २१७ अर्ब ७० करोड पुर्याएको छ। बैंकको कुल कर्जा एक बर्षमा २९ अर्ब ५४ करोडले बढाएर१५० अर्ब तथा निक्षेप २९ अर्ब ३६ करोडले बढाएर १८० अर्ब ५८ करोड पुर्याएको छ।

बैंकको प्रति शेयर आम्दानी ३४/५६ तथा स्वपूँजीमा प्रतिफल २५/१६ प्रतिशत कायम भएको छ।

Loading...