सुनको मूल्य बृद्धिले रेकर्ड राख्दै, बिहीवार पनि ५ सय बढ्यो

२३ साउन, काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ रोकिने छाँट देखिएको छैन । विहीबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

सुन विहीवार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीवार प्रति तोला सुनको मूल्य ५ सय रुपैयाँ बृद्धि भइ तोलाको ७० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय मागथ कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ । व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो।

चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ ।